टेनिस स्टार रोजर फेडेररले व्यवसायिक टेनिस खेल जीवनबाट सन्यास लिने लिएका छन् ।
लेभर कपमा स्पेनिस टेनिस स्टार राफायल नाडालसँग जोडी बनाएर फेडेररले टेनिसबाट सन्यास लिएका हुन् । २० पटकको ग्रान्डस्लाम विजेता ४१ वर्षीय फेडेरर टेनिस इतिहासका उत्कृष्ट खेलाडीमध्ये एक हुन् । पूर्व विश्व नम्बर एक फेडेररले २५ वर्षको व्यावसायिक करियरलाई सिंगल्स र डबल्समा आफ्नो १,७५०औँ प्रतिस्पर्धात्मक खेलपछि अन्त्य गरेका हुन् ।
सन्यास दौरान फेडेररसँगै रहेका उनका समकालीन प्रतिद्धन्द्धी ३६ वर्षीय नाडाल रोएका थिए । १७ हजार ५ सय समर्थकमाझ फेडेररले सन्यास लिएका थिए । सन् १९९८ मा व्यवसायिक टेनिसमा १६ वर्षको उमेरममा डेब्यु गरेका फेडेररले पहिलोपटक २००३ मा ग्रान्डस्लाम उपाधि विम्बल्डन टेनिस जितेका थिए ।
फेडेररले ८ विम्बल्डन, ६ अष्ट्रेलियन ओपन, ५ यूएस ओपन र १ फ्रेन्च ओपन जितेका छन् । फेडेररका श्रीमती मिर्का पनि टेनिस खेलाडी हुन् । उनीहरुका दुई जुम्ल्याहा बच्चा छन् ।





























प्रतिक्रिया