डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने

डा. तोसिमा कार्कीले ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने

केन्द्रबिन्दु
0
Shares

डा. तोसिमा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी प्रतिनिधि सभा निर्वाचनमा ललितपुर क्षेत्र नं ३ बाट उम्मेदवारी दिने तयारी गरेकी छन्।

घर-घरमा स्वास्थ्यको पहुँच, महिला शसक्तिकरण, प्राविधिक शिक्षा र युवा रोजगारी लगायतका एजेन्डासहित प्रतिनिधिसभा सदस्यकाे उम्मेदवारीमा उनले दाबेदारी प्रस्तुत गरेकी हुन् । यसअघि स्वतन्त्रमा उठ्ने तयारी गरिरहेकी डा. कार्कीले संसदीय प्रणालीमा एजेन्डाहरु लागू गर्न पार्टीको आवश्यकता पर्ने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गर्ने निर्णय गरेको पनि प्रष्ट पारेकी छन् । 

‘मेरा योजना र प्रतिबद्धता परिवर्तन भएका छैनन् । मेरो बाटो फेरिएको होइन । बरु अझ बलियो भएको छ । मेरा स्वास्थ्य, शिक्षा, युवा रोजगारी, महिला सशक्तिकरण, सांस्कृतिक सम्पदाको संरक्षण लगायतका एजेन्डाहरु अब पार्टीले आफ्नो एजेन्डा बनाउने भएको छ । संसदीय प्रणालीमा एजेन्डाहरु लागू गर्न पार्टीको आवश्यकता पर्ने कुरा हामी सबैले बुझेकै कुरा हो । यसैले आफुलाई संसदमा खबरदारी गर्ने भुमिकामा मात्र नभई थप बलियो भई नीतिनिर्माणमा हस्तक्षेप गर्ने गरि राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गर्ने निर्णय गरको छु ।’ उनले सामाजिक सञ्जालमार्फत भनेकी छन् । 

नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शल्य चिकित्सक हुन्। 

May be an image of 1 person, standing and text that says 'राष्ट्रिय स्वतन्त्र पार्टी अब जान्नेलाई छान्ने म डा.तोसिमा कार्की जनरल सर्जन, युवा नेत परिवर्तन संवाहक प्रतिनिधि सभा निर्वाचनमा मेरो दावेदारी ललितपुर क्षेत्र नं. ३ W 5 मंसिर चार रा स्व पा सरकार।'

Skip This
Skip This
Logo