धोबीखोला करिडोरका अवैध संरचना हटाउन मन्त्री चौधरीको निर्देशन

धोबीखोला करिडोरका अवैध संरचना हटाउन मन्त्री चौधरीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

सहरी विकासमन्त्री मेटमणि चौधरीले धोबीखोला करिडोरमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन दिर्नेशन दिएका छन् । 

शनिबार धोबीखोला करिडोरको अनुगमन गर्दै मन्त्री चौधरीले मापदण्ड मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका हुन्। अनुगमनका क्रममा उनले सडक छेउमा रहेका आवतजावतलाई कठिनाई हुने गरी पार्किङ नगर्न पनि आग्रह गरेका छन्। 

उनले धोबीखोला करिडोरको फुटपाथमा रहेका विधुत् प्राधिकरणको भूमिगत तारको बक्सहरूका कारण आवातजावतमा कठिनाई भएको भन्दै यस विषयमा प्राधिकरणसँग छलफल गर्ने बताए।रमा नियमित अनुगमन गरि व्यवस्थित गर्ने कामलाई जारी राख्ने बताए।

Logo