प्रशासनले आजदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू गरेको छ । अत्यावश्यकबाहेकका सवारीसाधन संचालन गर्न रोक लगाइएको छ भने अनावाश्यकरूपमा हिडदुल पनि रोक लगाइएको छ।
तर आजै जडिबुटीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् । जडिबुटीको आकासे पुल नजिकै ना ६ ख २९१७ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ठक्करको कारण सिन्धुपाल्चोक इन्द्रावती घर भएका ४४ वर्षीय धनबहादुर कार्की घाइते भएका छन्।
घाइते भएका कार्कीलाई राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले घटनाबारे थप अनुसन्धान भैरहेको बताए ।





























प्रतिक्रिया