अस्ट्रेलियाविरुद्धको सिरिज भारतले जित्यो

अस्ट्रेलियाविरुद्धको सिरिज भारतले जित्यो

केन्द्रबिन्दु
0
Shares

भारत र अस्ट्रेलियाबिच जारी तीन खेलको टी-२० सिरिज  घरेलु टोली भारतले जितेको छ । 

आइतबार राति हैदराबादमा भएको खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै ९ वर्षपछि घरेलु मैदानमा सिरिज जितेको हो । भारतको जितमा सूर्यकुमार यादव र विराट कोहलीले विष्फोटक ब्याटिङ गर्दै टिमको जित निश्चित गरेका थिए । घरेलु मैदानमा भारतले अस्ट्रेलियालाई २०१३ पछि पहिलो पटक हराएको हो ।

खेलमा अस्ट्रेलियाले टस हारेर पहिलो ब्याटिङ गर्दै १ सय ८६ रन  बनाएको थियो । जवाफमा उक्त लक्ष्य भारतले १ बल बाँकी हुँदा ४ विकेट गुमाएर पुरा गर्‍यो । भारतको जितमा  सूर्यकुमार यादवले ३६ बलमा ६९ रन बनाउँदा विराट कोहलीले ४८ बलमा ६३ रन बनाए । त्यस्तै हार्दीक पाण्ड्य २५ रनमा नटआउट रहँदा कप्तान रोहित शर्माले १७ रन बनाएका थिए । अस्ट्रेलियाका लागि डेनियल सम्सले २ विकेट लिँदा जोस ह्याजलवुड र प्याट कमिन्सले १(१ विकेट लिएका थिए ।

त्यसअघि पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले ५२ रन बनाउँदा टिम डेभिडले ५४ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै ड्यानियल सम्सले २८ रन बनाएका थिए । भारतका लागि अक्षर पटेलले ३ विकेट लिए भने भवनेश्वर कुमार, युजभेन्द्र चाहल, हर्षल पटेलले समान १(१ विकेट लिएका थिए ।

Skip This
Skip This
Logo