अभिनेता शाहरुख खानले अहिले आफ्नो फिल्म ‘पठान’ को शर्टलेस तस्विर शेयर गरेका छन् ।
तस्विरमा उनको आठ प्याक एब्ससँगैं लामो कपालमा देख्न सकिन्छ । इन्स्टाग्राममा तस्बिर सेयर गर्दै म ‘पठान’को पर्खाइमा छु ।’ सिद्धार्थ आनन्द निर्देशित ‘पठान’ मा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय रहेको छ । फिल्मसँग जोडिएको प्रमोशनको बारेमा कुरा गर्दै, सिद्धार्थले गत महिना भनेका थिए, “पठानको घोषणा गर्नु फ्यान र दर्शकहरूको आँखा अगाडी एउटा महाकाव्य पहेलीको टुक्रा देखाउनु जस्तै हो, जुन हाम्रो रिलिजको दिनसम्म जारी रहनेछ ।
‘पठान’ शाहरुख खानको आउदै गरेका तीन फिल्ममध्ये एक हो, बाँकी दुई ‘जवान’ र ‘डंकी’ हुन् । यस फिल्मको सुटिङ भारत, स्पेन र अन्य धेरै स्थानहरूमा भएको छ । यहिसँगै ‘ओम शान्ति ओम’ र ‘चेन्नई एक्सप्रेस’ जस्ता फिल्महरूपछि शाहरुख र दीपिकाको जोडी फेरि एक पर्दामा फर्किएको छ । पठान अर्को वर्ष जनवरी २५ मा सिनेमाघरमा रिलिज हुँदैछ ।





























प्रतिक्रिया