नेपाल भारत सीमा सुरक्षा बलबीच बैठक, एसएसबी प्रमुख काठमाडौंमा

नेपाल भारत सीमा सुरक्षा बलबीच बैठक, एसएसबी प्रमुख काठमाडौंमा

केन्द्रबिन्दु
0
Shares

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन नेपाल पुगेका छन् । 

नेपालको सशस्त्र प्रहरी र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन नेपाल आएका हुन् । बैठकमा सीमा सुरक्षा रणनीतिका साथै सीमा अपराध नियन्त्रण, एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षा लागयतका विषयमा छलफल हुने बताइएको छ ।

आजदेखि सुरु हुने बैठक १३ गतेसम्म चल्नेछ । नेपाल र भारतका सीमा सुरक्षा बलबीच छैठौँ बैठक हुन लागेको हो । यसअघि सन् २०२१ को अगष्टमा भारतको नयाँ दिल्लीमा भएको पाँचौँ बैठकमा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागी भएका थिए । 

Logo