नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलकाे पहिलाे हाफमा नेपालले ३–० को अग्रता बनाएको छ । अन्जन विष्टले ह्याट्रिक गर्दै नेपाललाई उत्कृष्ट सुरुवाती दिलाएका हुन् । खेलको १८औं मिनेटमा गोलको खाता खोलेका उनले २७औं मिनेटमा र ३८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।
यससँगै अन्जन राष्ट्रिय टोलीबाट ह्याट्रिक पूरा गर्नै छैटौ खेलाडी पनि बनेका छन् । यसअघि गणेश थापा, नरेश जाेशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए ।





























प्रतिक्रिया