स्मार्टफोन र स्मार्ट टिभी ब्रान्ड मी नेपालले शाओमी स्मार्ट एयर फ्राइर सँगै स्मार्ट टिभीको लाइनअप सार्वजनिक गरेको छ । स्मार्ट टिभी लाइनअपमा रेडमी स्मार्ट टिभी एक्स सिरिज अन्तर्गत एक्सएल अनुभव प्रदान गर्ने रेडमी स्मार्ट टिभी एक्स ४३, रेडमी स्मार्ट टिभी ४३ फूल एचडी, मी टिभी ५एक्स ४३, शाओमी टिभी एक्स सिरिज एक्स ५५ र मी टिभी ५ए ४३ घरमै थिएटरको अनुभव दिने मीको सबैभन्दा ठूलो र सबैभन्दा प्रिमियम स्मार्ट फ्ल्यागशिप टिभी मी ओलेड टिभी ७५ रहेका छन् ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने “मी ओलेड टिभी ७५” ले घरमै उत्कृष्ट सिनेमाको अनुभव प्रदान गर्दछ । ठूलो स्क्रिनको साथमा फराकिलो दृश्यहरू प्रदान गर्ने यो टिभी ७५ इन्चको स्क्रिन साइज र क्वान्टम डट टेक्नोलोजीको साथ आउँछ । ९७% स्क्रिन–टु–बडी रेसियो, फुल एरे लोकल डिमिब टेक्नोलोजी, रियालिटी फ्लो १२० (एमईएमसी) सहितको १२० हर्ट्ज रिफ्रेस रेट प्यानल र ३० डब्लु ६ स्पिकर अडियो सेटअप भएको यो मी टिभी अहिले सम्मको सबैभन्दा उन्नत र प्रिमियम टिभी हो । प्रयोगकर्ताहरूले अब पप आउट हुने आश्चर्यजनक दृश्यहरू र रंगहरूका साथ आफ्नो लिभिङ्ग रुमलाई थिएटरमा रूपान्तरण गर्न सक्नुहुन्छ ।”
साथै शाओमी शाओमी स्मार्ट एयर फ्राइरको लन्चबारे थप्दै उनले भनेका छन्- “उपभोक्ताहरू आफ्नो स्वास्थ्यको बारेमा सचेत भइरहेकाले नेपालमा स्मार्ट एयर फ्रायरको बजार तीव्र रूपमा बढ्दै गएको छ । शाओमीमा, हामी हाम्रा उपभोक्ताहरूको आवश्यकता र प्राथमिकताबारे गहिरो अध्यन गर्छौं । त्यस अनुरूप, शाओमी क्mबचत शाओमी स्मार्ट एयर फ्राइर ३.५ एल नेपाली बजारमा लन्च गर्न पाउँदा अत्यन्तै खुसी छौं । यस स्मार्ट एयर फ्रायरमा आकर्षक डिजाइन कम्पोनेन्ट र नयाँ प्रविधिहरू एकीकृत गरिएको छ । स्मार्टर लिभिब पोर्टफोलियोलाई विस्तार गर्ने लक्ष्य लिएका हामी,हाम्रो प्रयास सधैं सबैका लागि नवीनतम उत्पादन प्रदान गर्ने हो र शाओमी स्मार्ट एयर फ्राइर ३.५ एल त्यसैको प्रमाणीकरण हो ।”
नयाँ प्रिमियम डिजाइनको साथ बेजोड क्राफ्टम्यानशिप
विशाल ७५ इन्चको एज–टु–एज डिस्प्ले भएको मी ओलेड टिभी ७५” टिभीको आकर्षक डिजाइन प्रयोगकर्ताको लिभिङ्ग रुमको लागि पेर्फेक्ट म्याच बन्न सक्छ । ९७% स्क्रिन–टु–बडीको साथ यो टिभी एल्युमिनियम फ्रेम, लेजर प्रेसिजन र स्यान्डब्लास्टिबको साथ प्रिमियम मेटालिक लुक रहेको छ। टिभीको पछाडिको भागबाट पनि प्रिमियम डिजाइनका लागि कार्बन फाइबर फिल्मले ढाकिएको छ । यसमा भएको नयाँ प्रिमियम ’फ्लोटिंग स्ट्यान्ड’ ले पछिल्लो फ्ल्यागशिप भन्दा नयाँ लुक दिन्छ ।
घरमै थिएटरको अनुभव
सिनेम्याटिक अनुभव प्रदान गर्नेःमी ओलेड टिभी ७५” ले उत्कृष्ट रंगहरू र फराकिलो कलर स्पेक्ट्रम भएको अविश्वसनीय फोर के ओलेड प्यानलले असाधारण रिजोल्युसनमा प्रस्ट विवरणहरू देखाउँछ । यो टिभी पूर्ण एरे लोकल डिमिब टेक्नोलोजीको साथ उपलब्द छ । यसमा भएको १९२ जोनहरूले कालो र सेतो रंगहरूलाई सक्षम पार्दै कन्ट्रास्टमा पनि राम्रो नियन्त्रण प्रदान गर्दछ ।
नयाँ मी ओलेड टिभी ७५” मा बिल्ट–इन फर फिल्ड माइकजडान गरिएको छ जसको सहयोगले प्रयोगकर्ताहरूले आफ्नो टिभीमा कुरा गर्न र मनोरञ्जनको साथै स्मार्ट होम डिभाइसहरूमा आफ्नो आवाज प्रयोग गरि नियन्त्रण गर्न सक्छन्।
शाओमीले नेपालमा शाओमी स्मार्ट एयर फ्राइर ३.५ एल पनि लन्च गरेको छ । नेपाली घरपरिवारमा नवीनतम उत्पादन पु-याउने उद्देश्यले, स्मार्ट किचन उपकरणको साथ खाना पकाउनको लागि फराकिलो तापक्रम भएको, ५० भन्दा बढी स्मार्ट रेसिपीहरू र गुगल सहायकद्वारा सञ्चालित भ्वाइस कमाण्डहरू समावेश गरेको छ । शाओमी स्मार्ट एयर फ्राइर ३.५ एलले स्मार्ट र स्वस्थ जीवनशैली मन पराउने उपभोक्ताहरूको सपना साकार गर्दछ । परम्परागत खाना पकाउने विधिहरूको सट्टा शाओमी स्मार्ट एयर फ्राइरले १५०० वाटको पावरमा छिटो तथा सन्तुलित तापक्रम सक्षम बनाउँछ । यो एयर फ्रायरले खाना पकाउने समय छोटो र छिटो, स्वस्थ र अधिक सुविधाजनक जीवनशैली प्रदान गर्दछ । यसले २४ घण्टा लामो निरन्तर सञ्चालन समयको साथमा ४० डिग्री सेल्सियसदेखि २०० डिग्री सेल्सियसबीचको तापक्रम पनि प्रदान गर्दछ ।
हाल बजारमा मी ओलेड टिभी ७५” को मूल्य रु २ लाख ९९ हजार ९९९ र शाओमी स्मार्ट एयर फ्राइरको मूल्य रु १२ हजार ४९९ रहेको छ । दुबै डिभाइसहरू देशभरका सबै अधिकृत मी स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।































प्रतिक्रिया