सत्तारूढ कांग्रेसले नै गर्यो निर्वाचन आचारसंहिताको विरोध

सत्तारूढ कांग्रेसले नै गर्यो निर्वाचन आचारसंहिताको विरोध

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाली कांग्रेसले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अव्यावहारिक भएको जनाएको छ। 

निर्वाचन आयोगले आचारसंहिता लागू हुने मिति घोषणा गरेकै दिन कांग्रेसले पत्रकार सम्मेलन मार्फत आचारसंहिताको विरोध गरेको हो। आयोगले असोज १२ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने घोषणा गरेको छ। 

'प्रधानमन्त्री देशको कार्यकारी प्रमुख भएकाले उहाँको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर उहाँका दैनिक भ्रमण हुने गर्दछन्,'कांग्रेस प्रवक्ता प्रकाशशरण महतद्वारा असोज ११ गते जारी विज्ञप्तिमा भनिएको छ, 'प्रधानमन्त्री हाम्रो पार्टीको पनि सभापति हुनुहुन्छ, मन्त्रीहरू पनि पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा हुनुभएको हुँदा आफ्नो पार्टीका पक्षमा जनमत बनाउन हिंड्न नपाउने भन्ने कुरा व्यावहारिक छैन।' 

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय अभ्यासहरूलाई समेत हेरेर यसलाई लचिलो बनाउने आफूहरूले विश्वास लिएको महतले बताए। 

Skip This
Skip This
Logo