सुदूरपश्चिममा यूएनएफपीएको सहयोग, महिला लक्षित स्वास्थ्य सामग्री वितरण

सुदूरपश्चिममा यूएनएफपीएको सहयोग, महिला लक्षित स्वास्थ्य सामग्री वितरण

केन्द्रबिन्दु
0
Shares

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) नेपालले सुदूरपश्चिम प्रदेशमा प्रजनन् स्वास्थ्य (आरएच) किट, डिग्निटी र किशोरी किटलगायतका स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको छ । 

युएनएफपीएले प्रदेश र स्थानीय सरकारसँगको साझेदारीमा मानवीय आपतकालिन प्रकोपबाट प्रभावित महिला र बालिकाहरूको प्रजनन स्वास्थ्यका लागि आवश्यक किटहरु उपलब्ध गराएको हो । जसमा यौन संचारित संक्रमणहरू, प्रसव सञ्चालन, प्रसूति जटिलताहरूको व्यवस्थापन र बलात्कार उपचारका साथै गर्भनिरोधकहरूका लागि औषधिहरू समावेश छन् । 

विशेषगरी गर्भवती र सुत्केरी महिलाहरूको सबैभन्दा कमजोर र सीमान्तकृत, आपतकालीन अवस्थामा आधारभूत स्वच्छता कायम राख्न मद्दत गर्न डिग्निटी र किशोरी किटहरू डिजाइन गरिएको हो । 

 

Logo