गठबन्धनमा भागबण्डा मिलेको प्रचण्ड सचिवालयको दाबी

गठबन्धनमा भागबण्डा मिलेको प्रचण्ड सचिवालयको दाबी

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले गठबन्धनमा निर्वाचन क्षेत्रको बाँडफाँट टुंग्याएको दाबी गरेको छ । 

आगामी मंसिर ४  गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी तालमेल गर्ने सहमति गरेका गठबन्धन दल सिट बाँटफाँटका लागि निरन्तर छलफलमा रहेका थिए । यस्तोमा प्रचण्डका स्वकीय सचिव रमेश मल्लले निर्वाचन क्षेत्रको बाँडफाँट टुंग्याएको दाबी गरेका हुन् । 

उनका अनुसार केही निर्वाचन क्षेत्रमा भएको दोहोरो दाबेदारी शीर्ष नेतृत्वबीचको आपसी समझदारीमा छिट्टै टुंगो लगाइने छ । तर गठबन्धनले औपचारिक रुपमा भने केही बोलेको छैन । 

लामो समयदेखिको बैठक र गृहकार्यपछि निर्वाचन क्षेत्रको टुंगो लगाएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जानकारी दिएको हो । गठबन्धनमा कांग्रेसले ८६, माओवादीले ४६, एकीकृत समाजवादीले १७, जसपाले १५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने सहमति जुटेको भनिएको छ ।  तर १६५ मध्ये ९ निर्वाचन क्षेत्रमा दलहरुले दोहोरो दाबी गरेका कारण तालमेल टुंगिन बाँकी रहेको थियो । 

Logo