‘चुनाव जित्नका लागि मात्रै गठबन्धन’ -गगन थापा

‘चुनाव जित्नका लागि मात्रै गठबन्धन’ -गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जित्नका लागि मात्रै गठबन्धन भएको आरोप लगाएका छन् । 

शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले चुनाव जित्नका लागि मात्रै गठबन्धन भएको आरोप लगाउँदै आफ्नै पार्टीविरुद्ध आन्दोलन गर्ने अवस्था आएको बताएका हुन् । उनले पार्टी भित्र सही ढंंगबाट न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आइरहेको भन्दै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे ।  

‘हाम्रो आफ्नै पार्टी भित्र अहिले हेर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ । पार्टीमा न्याय भएन भन्नेछ ।  सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ । यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यकताको बोध हुन थालेको छ । यसको लागि युवाहरुको उपस्थितिले तागत बढाएको छ । युवाहरुलाई निराश बनाउँदिन ।’ उनले भने । 

उनले आपतकालीन बैठक बसेर तीनै तहका सरकार मिलेर अस्पतालको व्यवस्थापनदेखि डेङ्गु नियन्त्रणका लागि साझा योजनाबाट काम गर्नुपर्ने बताए । 

‘यो बेलामा सरकारले पनि काम गर्नुपर्नेछ, मैले प्रधानमन्त्रीज्युलाई भेटेर भनेको पनि छु, यहाँबाट पनि भन्छु, यत्रो डेंगु लागेको बेलामा नेपाल सरकारले जुन प्राथमिकताका साथ यो विषय लाग्नुपर्ने हो, काम गर्नुपर्ने हो, पटक्कै काम गरेको छैन । यसमा हाम्रो ठूलो असन्तुष्टि छ । काम गरेको तरिका चित्त बुझेको छैन । हिजो हामीले कोभिडको बेलामा त्यो बेलाको सरकारलाई यत्रो कोभिड भइरहेको बेलामा जसरी काम गर्नुपर्ने हो, त्यसरी काम भएन भनेर भन्यौँ ।’ उनले भने, ‘आज आफ्नै सरकारको बारेमा भन्नुपर्दा, सरकार कसैको हुँदैन, सरकार देश र जनताको हुन्छ । मेरो पार्टीको नेता प्रधानमन्त्री हुनुहुन्छ, त्यो पार्टी भित्रको कुरा हो, तर आज प्रधानमन्त्री त सिंगो देशको हो । आजको दिनमा मुल काम भनेको यत्रो प्रकोप फैलिसक्यो । चाडबाडको बेलामा यस्तो अस्तव्यस्त भएको छ, तत्काल प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक बोलाएर, स्थानीय सरकारको साथीहरुलाई बोलाएर एकै ठाउँमा बसेर देशभर संक्रमणलाई कसरी घटाउने, यसको रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्ने बारेमा सरकारले छुट्टै अभियान सञ्चालन गर्नुपर्छ । सरकारको यो जिम्मेवारी हो ।’ 

Skip This
Skip This
Logo