वैज्ञानिकहरूले मंगल ग्रहमा पानी हुन सक्छ नयाँ प्रमाण फेला पारेका छन ।
मंगल ग्रहमा जीवनको उपस्थितिसँग सम्बन्धित खोजको लामो यात्रामा यसलाई ठूलो उपलब्धि मानिएको छ । क्याम्ब्रिज युनिभर्सिटीको नेतृत्वमा गरिएको अध्ययनले अफ–रडार डाटा प्रयोग गरेको थियो । अध्ययनकर्ताहरुका अनुसार मंगल ग्रहको दक्षिण ध्रुवीय बरफ टोपी मुनि तरल पानी हुन सक्छ । यो खोज यसकारण पनि महत्वपूर्ण छ किनकि चन्द्रमापछि अब वैज्ञानिकहरुको नजर मंगल ग्रहमा छ ।
अध्ययनमा संलग्न दोस्रो लेखक युनिभर्सिटी अफ शेफिल्डका डा. फ्रान्सिस बुचरले भने, “यस अध्ययनले मंगल ग्रहमा तरल पानीको उपस्थितिको अहिलेसम्मकै सबैभन्दा राम्रो सङ्केत दिएको छ ।” पृथ्वीमा सबग्लेशियल तालहरू (ग्लेशियर वा बरफको पाना मुनि रहेको ताल) खोज्दा हामीले हेरेका दुईवटा प्रमुख प्रमाणहरू अहिले मंगल ग्रहमा फेला परेका छन् ।’ उनले आफ्नो बयानमा भनेका छन् ‘तरल पानी जीवनको लागि महत्वपूर्ण तत्व हो, यद्यपि यसको मतलब मंगल ग्रहमा जीवन छ भन्ने होइन ।
मंगल ग्रहको तापमान – १४० डिग्री सेल्सियस
अध्ययनकर्ताहरुका अनुसार मंगल ग्रहको औसत तापक्रम –६२ डिग्री सेल्सियस हुन्छ । तर जाडो याममा यो –१४० डिग्री सेल्सियससम्म झर्छ ।































प्रतिक्रिया