सत्ता गठबन्धनमा सिट बाँटफाँड सहमतिमा सकस, आज पनि बैठक बस्ने

सत्ता गठबन्धनमा सिट बाँटफाँड सहमतिमा सकस, आज पनि बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ गठबन्धन हिजो पनि आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न असफल भएको छ ।

हिजो दिनभर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता, सिट बाँडफाँट कार्यदलका सदस्यबीच छलफल भए पनि सहमती हुन नसकेको हो । मंगलबारको बैठकमा पनि दलहरूबीचको दोहोरो दाबीबारे सहमति हुन नसकेको एक नेताले बताएका छन् । गठबन्धनका नेताहरू आज दशैंको टीका ग्रहण गरेर फेरी छलफलमा जुट्ने भएका छन् । बैठक आज दिउँसो ३ बजे पुन प्रधानमन्त्री निवासमा बस्ने तय भएको छ । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिँदै गएको छ । निर्वाच आयोगले असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन तोकेको छ । प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० मध्ये गठबन्धनको धेरै क्षेत्रमा सहमति जुटिसकेको भनिएको छ ।  केही प्रदेशमा सहमति नहुँदा सिट बाँटफाँट टुङ्ग्याएर मंगलबारै सहमतिमा हस्ताक्षर गर्ने भनिएपनि रोकिएको नेताहरूले बताएका छन् । असार पहिलो सातादेखि नै सिट बाँटफाँडमा गठबन्धनले निर्णयक बैठक भनेपनि बाँडफाँटमा सकस हुँदै आइरहेको छ । 

 

Skip This
Skip This
Logo