ताप्लेजुङमा एमालेले योगेशलाई दियाे प्रतिनिधिसभा सदस्यको टिकट

ताप्लेजुङमा एमालेले योगेशलाई दियाे प्रतिनिधिसभा सदस्यको टिकट

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यको टिकट योगेश भट्टराईलाई दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङमा पार्टी सचिवसमेत रहेका भट्टराईलाई उम्मेदवार बनाएका हुन् । 

ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका लागि भट्टराई र तिलकुमार मेनेङ्बो आकांक्षी थिए तर, अध्यक्ष ओलीले मेनेङ्बोलाई प्रदेशसभामा राखेर भट्टराईलाई टिकट दिएका हुन् । 

पार्टीले प्रदेश सभा १ अन्तर्गत तिलकुमार र २ मा मणिशंकर पोमुलाई टिकट पठाएको एमाले स्रोतले जनाएको छ ।

Skip This
Skip This
Logo