कारबाहीमा परेका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिवाना बुझाउन सक्ने

कारबाहीमा परेका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिवाना बुझाउन सक्ने

केन्द्रबिन्दु
0
Shares

निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा सहभागी भएर तोकिएको समयमा खर्च विवरण नबुझाउने उम्मेदवारले अब जिल्ला निर्वाचन कार्यालयमा जरिवाना बुझाउन सक्ने भएका छन् । 

आयोगले आज विज्ञप्तिमार्फत स्थानीय तहको निर्वाचनमा उम्मेदवार भइ कानूनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनस्थित कार्यालय, सातवटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा  समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको जानकारी दिएको हो । 

कानुनबमोजिमको जरिवाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजस्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेशरजिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि नै आयोगले निर्देशन दिएको थियो ।

Skip This
Skip This
Logo