गगन थापा काठमाडौं क्षेत्र ४ बाट उठ्ने, यी हुन् काठमाडौंका अन्य उम्मेदवार

गगन थापा काठमाडौं क्षेत्र ४ बाट उठ्ने, यी हुन् काठमाडौंका अन्य उम्मेदवार

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले काठमाडौं जिल्लामा प्रतिनिधिसभातर्फको उम्मेदवार टुंगो लगाएको छ । 

जसअनुसार महामन्त्री गगन थापा काठमाडौं-४ बाट उम्मेदवार बन्नेछन् । कांग्रेसले यसपटक पनि पुराना उम्मेदवार दोहोर्‍याएको छ । कांग्रेस संसदीय बोर्डको जारी बैठकले काठमाडौैंको उम्मेदवार टुंगो लगाएको हो । उनीहरुको निर्णय भैसकेपनि टिकट भने लगिनसकेका स्रोतले जनाएको छ । कांग्रेसले यसपटक काठमाडौं(५ मा प्रदीप पौडेललाई उम्मेदवार बनाउने भएको छ ।

काठमाडौं ३ मा सन्तोष चालिसेको सम्भावना छ । चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर हुन् भने पौडेल कांग्रेसका केन्द्रीय सदस्य हुन् । २०७४ सालको चुनावमा पौडेल गण्डकी प्रदेशसभाको चुनावमा तनहुँ (२ ख बाट पराजित भएका थिए । गठबन्धनमा कांग्रेसको भागमा काठमाडौंको निर्वाचन क्षेत्र १, ३, ४, ५, ६ र १० परेको थियो । सिंह, थापा, प्रधान र केसी गत चुनावमा सम्बन्धित क्षेत्रबाट जितेका व्यक्ति हुन् ।

काठमाडौं–१ प्रकाशमान सिंह, काठमाडौं–४ गगन थापा, काठमाडौं–५ प्रदीप पौडेल, काठमाडौं–६ भीमसेनदास प्रधान, काठमाडौं–१० राजेन्द्र केसी रहेका छन् । 

Logo