देशभर सुरु भयाे उम्मेदवारी मनोनयन दर्ता

देशभर सुरु भयाे उम्मेदवारी मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि देशैभरबाट  मनोनयन दर्ता सुरु भएको छ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयनको समय तोकेको छ । यसका लागि उम्मेदवारहरु मनोनयन दर्ता गराउन प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगिसकेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेदवारले मनोनयन दर्ता गर्न जाँदा १३ किसिमका कागजात संलग्न गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । 

आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरेका थिए । 

प्रधानमन्त्रीको तर्फबाट उनकी पत्नी पत्नी आरजु राणाले देउवाले वारेस मार्फत् मनोनयन दर्ता गर्दै छिन् । एमाले अध्यक्ष केपी शर्मा मनोनयन दर्ताका लागि ओली झापा पुगेका छन् । उनले झापा ५ बाट उम्मेदवारी दर्ता गर्दै छन् । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाबुराम भट्टराईसहित गोरखा पुगेका छन् । उनले गोरखा २ बाट उम्मेदवारी दिने भएका हुन् । त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल रौतहट १ बाट उम्मेदवारी दर्ताका लागि रौतहत पुगिसकेका छन्। 

Logo