काठमाडौं -५ बाट एमालेका पोखरेलले गराए मनोनयन दर्ता

काठमाडौं -५ बाट एमालेका पोखरेलले गराए मनोनयन दर्ता

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

आइतबार पोखरेलले निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघिको निर्वाचनमा कांग्रेसका डा. प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल विजयी भएका थिए । तर, याे पटक भने कांग्रेसकै केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं–५ बाट टिकट पाएका छन् ।

साथै आइतबार एमालेको तर्फबाट प्रदेश सदस्यका लागि दीपक निरौला र नारायण सिलवालले पनि मनोनयन दर्ता गराएका छन् ।

Skip This
Skip This
Logo