आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विभिन्न पार्टीबाट बागी उम्मेदवारी परेको छ ।
बागबण्डामा असन्तुष्त गठबन्धन दलसहित प्रतिपक्षी एमालेका नेताहरुले बागी उम्मेदवारी दिएका छन् । आइतबार उम्मेदवारी दर्ता गर्दा नेपाली कांग्रेस र नेकपा एमालेबाट सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ । यस्तै कतिपय क्षेत्रमा सत्ता गठबन्धनको चुनावी तालमेल पनि भत्किएको छ भने एमाले र जसपाको तालमेलमा पनि विद्रोह भएको छ ।
कांग्रेसका बागी उम्मेदवार
कांग्रेसमा सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ । गठबन्धनबाट उम्मेदवारर बनेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ १ मा दुई जनाले बागी उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र विश्व बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
निवर्तमान सांसद अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएपछि सिंह बागी उम्मेदवार बनेका हुन् ।
प्रधानमन्त्री पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश देउवाविरुद्ध कैलाली ५ (ख) मा कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारी विद्रोही उम्मेदवार बनेका छन् ।
धादिङ–२ मै केन्द्रीय सदस्य रमेश धमलाले बागी उम्मेदवारी दिएका छन् । पार्टीले रामनाथ अधिकारीलाई टिकट दिएपछि धमलाले बागी उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै कांग्रेस नेता देवी बुर्लाकोटीले प्रदेशसभातर्फ बागी उम्मेदवारी दिएकी छिन् । कांग्रेस नेता हरिमोहन भण्डारीले बैतडीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रदेश सभा (क) बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
माओवादी र जसपा पनि बागी
सत्तारुढ माओवादी केन्द्रकी अनिता भुर्तेलले कास्की ३ को प्रतिनिधिसभा निर्वाचनमा बागी उम्मेदवारी दर्ता गराएकी छन् । कास्की ३ मा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका रामजीप्रसाद बराल उम्मेदवार छन् ।
जनता समाजवादी पार्टीका केन्द्र सदस्य जन्नत अन्सारीले पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) प्रदेश सभाका लागि बागी उम्मेदवारी दिएका छन् । एमाले जसपा गठबन्धनको सिट बाँडफाँटमा उक्त क्षेत्र एमालेले पाएको छ ।
यस्तै जसपाकी केन्द्रीय सदस्य करिमा बेगमले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । पार्टीले टिकट नदिएपछि उनले पर्सा २ को (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी हुन् । जसपा–एमाले गठबन्धनबाट यो क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।
सत्ता गठबन्धनभित्र कहाँ कहाँ विद्रोह
सत्ता गठबन्धनमा कांग्रेसबाट बढी बागी उम्मेदवारी परेको छ । गुल्मीको २ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेता डाक्टर दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
उदयपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवार एस नेता जगन्नाथ खतिवडाविरुद्ध कांग्रेस कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसबाट मोरङ ५ मा माओवादीका निवर्तमान सांसद शिवकुमार मण्डलविरुद्ध
कांग्रेसका सलिम अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै बझाङमा पनि कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका भानुभक्त जोशीविरुछ कांग्रेसका पूर्व सभापति हर्कजङबहादुर सिंहले बागी उम्मेदवारी दिएका हुन् ।
खोटाङका प्रतिनिधि र प्रदेशसभा गरी तीन वटै क्षेत्रमा कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि पूर्व सांसद सर्वधन राईले उम्मेदवारी दर्ता गराएका छन् ।
सुवासकुमार पोखरेल प्रदेश (कं र पूर्वउपसभापति धर्मराज पोखरेललाई प्रदेशसभाको (ख) मा उम्मेदवार दर्ता गराएका हुन् । यहाँ गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता रामकुमार राई पासाङले उम्मेदवारी दिएका छन् ।
प्रदेशसभामा (क) एकीकृत समाजवादीबाट वीरबल राई र (ख) मा कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दिएका छन् । कास्की २ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बरालविरुद्ध कांग्रेस नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले र कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि बागी उम्मेदवारी दिएका छन् ।
कांग्रेस रुकुम पश्चिमका तीन वटै क्षेत्रमा माओवादीले पाएपछि प्रदेशसभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले बागी उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।
यहाँका तीनवटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।
भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता उत्तम चापागाईं बागी उम्मेदवार बनेका छन् । भोजपुर प्रदेशसभा (क) मा एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राई गठबन्धनका साझा उम्मेदवार बनेपछि चापागाईंले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
कपिलवस्तु १ मा कांग्रेसका नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । माओवादी सचिव चन्द्रप्रकाश खनाल बलदेवविरुद्ध गुरुङले उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेसले पर्सा १ लोसपालाई छाडेपछि कांग्रेस नेता अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । गठबन्धनको तर्फबाट पर्सा –१ को प्रतिनिधिसभा सदस्यमा लोसपाका नेता लक्ष्मणलाल कर्ण उम्मेदवार बन्दा उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् ।
यस्तै जनमोर्चाको विद्रोह र एकीकृत समाजवादीबाट पनि विद्रोह भएको छ । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा गठबन्धनभित्र विद्रोह गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका तीनै क्षेत्रमा जनमोर्चाले उम्मेदवारी दिएको हो ।
प्रतिनिधिसभामा जनमोर्चाका पशुपति ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने प्रदेशसभा क मा सागर केसी र ख मा जीवलाल पौडेलले पार्टीबाट नै उम्मेदवारी दर्ता गराएका हुन् ।
यहाँ कांग्रेस नेतृ तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएकी छन् । उनीसँगै प्रदेशसभा ९क०मा माओवादी केन्द्रका ठाकुरकुमार बिक र प्रदेशसभा ९ख० मा कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै रामेछापमा एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा उम्मेदवारी दर्ता गराएको छ । सत्ता गठबन्धनमा प्रतिनिधिसभा कांग्रेस र दुवै प्रदेशसभा माओवादीले पाएपछि एकीकृत समाजवादीले विद्रोह गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादीबाट पूर्व सांसद देवशंकर पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी प्रदेश सभा (क)मा पार्टी जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत र प्रदेश सभा ९ख० मा नेता झम्क कँडेलको उम्मेदवारी परेको छ ।
यता सत्ता गठबन्धनले प्रतिनिधि सभामा कांग्रेसका पूर्णबहादुर तामाङ ९कान्छाराम० र प्रदेश सभा (क) मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ र (ख) मा माओवादी केन्द्रकै युवराज चौलागाईंले उम्मेदवारी दर्ता गरेका छन् । यता माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डलले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।
आइतबार पार्टी परित्याग गरेर सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्र पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसबाट रामदेव साहले उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले नेतृत्वको गठबन्धनमा कहाँ कहाँ भयो विद्रोह ?
एमालेले आगामी निर्वाचनमा स्थानीय अवस्था अनुसार गरेको चुनावी तालमेलमा पनि विद्रोह भएको छ । एमालेले जसपा, राप्रपा, कांग्रेस बिपी लगायतसँग चुनावी तालमेल गरेको थियो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्रमा समेत एमालेबाट कांग्रेस बिपीसँगको तालमेलविरुद्ध उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभामा एमालेका नेता विक्रमबहादुर शाहीले डडेलधुरामा उम्मेदवारी दर्ता गराएका छन् । देउवाको क्षेत्रमा एमालेले कांग्रेस बीपीसँग चुनावी तालमेल गरेको छ।
डडेलधुरामा एमालेले कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ललाई समर्थन गर्ने सहमति गरेको थियो। तर शाहीले विद्रोह गरेका छन् ।
मोरङको– ५ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेका योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै एमालेले सुनसरी–१ मा जसपालाई दिने निर्णय गरेपछि धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
जसपाका संघीय परिषद अध्यक्ष अशोक राई एमाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेपछि मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।
एमालेले उक्त क्षेत्रमा जसपासँग गठबन्धन गरेपछि मण्डलले स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उक्त क्षेत्रबाट जसपाले पार्टीका प्रदेश १ उपाध्यक्ष तथा जिल्ला अध्यक्ष राजकुमार यादवलाई उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले नेता प्रभु शाहको रौतहट ३ बाट बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेले टिकट दिए पनि उनले रौतहट ३ बाट बागी उम्मेदवारी दिएका हुन् ।
उनले आफूसँगै एमालेमा प्रवेश गरेका अन्य नेताहरूलाई पनि एमालेले टिकट नदिएपछि बागी उठेका छन् । यद्यपि उनले एमालेका उम्मेदवारलाई भने समर्थन गरेका छन् ।





























प्रतिक्रिया