हिमपातका कारण एक अमेरिकी पर्यटकको मृत्यु, तीन नेपाली गाइड बेपत्ता

हिमपातका कारण एक अमेरिकी पर्यटकको मृत्यु, तीन नेपाली गाइड बेपत्ता

केन्द्रबिन्दु
0
Shares

हिमाली भेगमा हिमपात हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । तीन नेपाली बेपत्ता भएका छन् । 

पदयात्रा व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोलाले दिएको प्रारम्भिक जानकारीअनुसार मनाङमा पदयात्राका क्रममा एक अमेरिकी नागरिकको मृत्यु भएको छ भने तीन नेपाली गाइड बेपत्ता छन् । अध्यक्ष बास्तोलका अनुसार खुम्बु सांग्रिला ट्रेक कम्पनीका एक नेपाली गाइड मनास्लु क्षेत्रको लार्केबाट हराइरहेका छन् । उनीसँग पदयात्रामा गएका विदेशीहरू भने काठमाडौं फर्किसकेका छन् । 

त्यस्तै फोर सिजन माउन्टेन ट्रेकका दुई गाइड बालकुमार कार्की र देव लामा म्याग्दीको फ्रेन्चपासबाट तीन दिनदेखि हराइरहेका छन् । तर उनिहरुको खोजी सुरु हुन सकेको छैन । अध्यक्ष बास्तोलाका अनुसार माथिल्लो डोल्पामा २ सय र माथिल्लो मनाङमा १ सय गरी करिब ३ सय पर्यटक, गाइडहरू हिमपातका कारण पदमार्ग पहिल्याउन नसक्दा अझै अप्ठ्यारो अवस्थामा छन् । टानका महासचिव विनोद सापकोटाले खुम्बु क्षेत्रमा जाने करिब २ हजार पर्यटक रामेछापबाट लुक्ला उडान नभएका कारण अड्किएको जानकारी दिनुभयो । 
 

Logo