हिरोको इलेक्ट्रिक स्कुटर ‘भिडा-भी १’ सार्वजनिक, कति पर्छ मूल्य ?

हिरोको इलेक्ट्रिक स्कुटर ‘भिडा-भी १’ सार्वजनिक, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
0
Shares

हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ‘भिडा-भी १’ लन्च गरेको छ । 

कम्पनीका अनुसार यस इलेक्ट्रिक स्कुटर दुई भेरियन्टमा उपलब्ध छ । जसमा भी१ प्लस र भी१ प्रोमा रहेका छन् । यसको प्लस भेरिएन्टमा १४३ किलोमिटर र प्रो भेरिएन्टमा १६५ किलोमिटर रेन्ज सहित ड्युअल रिमुभेवल ब्याट्री उपलब्ध हुनेछ ।

यी ई-स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ । एक पटक चार्ज गर्दा यी स्कुटरहरू १६५ किलोमिटरसम्म चल्न सक्ने कम्पनीले जनाएको छ । भिडा भी१ प्लसको मूल्य १ लाख ४५ हजार रुपैयाँ पर्ने छ भने भिडा भी१ प्रोको मूल्य १ लाख ५९ हजार रुपैयाँ तोकिएको छ। 

यस इलेक्ट्रिक स्कुटरमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ । साथै स्प्लिट सिट, टेलिस्कोपिक फ्रन्ट फोर्क्स, सिंगल रियर सक र सिंगल डिस्क ब्रेक सेट पनि उपलब्ध छ । यसको डेलिभरी भने डिसेम्बर महिना देखि मात्र हुने कम्पनीले जनाएको छ । 

Logo