काठमाडौँ ।
राजधानीबाट मोटरसाइकल चोरी गर्ने गिरोहलाई ट्राफिक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ ।
मोटरसाइकल चोरीका घटना बढेसँगै अप्रेसनका क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखाले चावहिलबाट चोरी भएको बजाजको २२० सिसिको पल्सल मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोट घर भई हाल तारकेश्वर बस्ने ४१ वर्षीय जितबहादुर तामाङ, रसुवा घर भई गोकर्णेश्वर, नयाँपाटी बस्ने ४२ वर्षीय गंदान तामाङ र सिन्धुपाल्चोक घर भई बौद्ध बस्ने २८ वर्षीय साङ्तेन तामाङ छन् ।
मोटरसाइकल हराएको निवेदनका आधारमा गिरोहलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, गौशालामा पठाइएको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले जानकारी दिए ।





























प्रतिक्रिया