युक्रेनमा मिसाइल आक्रमणपछि बाइडेनले गरे रुसको निन्दा, सेना फिर्ता गर्न आग्रह

युक्रेनमा मिसाइल आक्रमणपछि बाइडेनले गरे रुसको निन्दा, सेना फिर्ता गर्न आग्रह

केन्द्रबिन्दु
0
Shares

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनमा क्षेप्यास्त्र आक्रमण गरेकोमा रुसको निन्दा गरेका छन् । यस हमलामा कम्तीमा ११ सर्वसाधारणको मृत्यु भएको छ । रुसले सोमबार युक्रेनका धेरै सहरमा मिसाइल आक्रमण गरेको थियाे । 

बाइडेनले युक्रेनको यस कार्यलाई ‘आतंकवादी कार्य’ भनेका छन्। उनले युक्रेनका जनतामाथि पुटिनको गैरकानूनी युद्धको निर्मम क्रूरता फेरि एकपटक प्रदर्शन भइरहेको बताएका छन्।

बाइडेनले कीभ सहित युक्रेनमा रूसको मिसाइल आक्रमणको कडा निन्दा गर्दै अनावश्यक रूपमा मारिएका परिवार र प्रियजनहरूप्रति समवेदना प्रकट गरेका छन् । उनले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

यी आक्रमणहरूले अन्तिमसम्म युक्रेनका जनतासँग उभिने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको राष्ट्रपति बाइडेनको भनाइ छ।

Skip This
Skip This
Logo