बाँकेमा जिप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते

बाँकेमा जिप दुर्घटनाः चालकको मृत्यु, तीन जना घाइते

केन्द्रबिन्दु
0
Shares

बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा जिप दुर्घटना हुँदा आज चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । 

सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको हो । काठमाण्डौ आउँदै गरेको बाग्मती प्रदेश ०१ ०२८ च  ००४४ नम्बरको टाटासुमो जिप आज बिहान सवा ७ बजे अनियन्त्रlत भएर पल्टिँदा चालक सहित ४ जना घाइते भएका थिए । 

घाइतेहरुलाई उपचारको लागी मेडिकल कलेज कोहलपुर लगिएकोमा  उपचारकै क्रममा चालकको भने बिहान ८ बजे मृत्यु भएको हो । 

घाइते भएका मध्ये बीरेन्द्रनगर नगरपालिका -७ का २२ बर्षीय शिसिर ज्ञवालीको अवस्था गम्भिर रहेको छ भने अन्य २ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Skip This
Skip This
Logo