म्यानमारकी अपदस्थ नेतृ सुकीलाई २६ वर्ष जेल सजाय

म्यानमारकी अपदस्थ नेतृ सुकीलाई २६ वर्ष जेल सजाय

केन्द्रबिन्दु
0
Shares

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीमाथि थप दुईवटा भ्रष्टाचार मुद्दामा अभियोग लगाइएको छ । योसँगै उनको सजाय २६ वर्ष पु-याइएको छ । 

७७ वर्षीया आङ सान सुकीलाई म्यानमारको सेनाले फेब्रुअरी १, २०२१ मा निर्वाचित सरकारलाई ध्वस्त पारेर सत्ता कब्जा गरेपछि हिरासतमा लिएको थियो। त्यसयता देश सेनाको कब्जामा छ । म्यानमारको एक अदालतले बुधबार सुकीलाई भ्रष्टाचारको थप दुई आरोपमा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएको छ । यसरी उनको कुल सजाय २६ वर्ष पुगेको छ ।

सुकीले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् । केही वर्षअघि लागुऔषध ओसारपसारमा दोषी ठहर भएका माउङ वेकबाट उनीमाथि ५ लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लागेको छ ।

सुकीलाई गैरकानूनी रूपमा वाकीटकी आयात र राख्ने, कोरोना प्रतिबन्धको उल्लङ्घन, गोपनीयता कानूनको उल्लङ्घन, देशद्रोह, चुनावी धाँधली र भ्रष्टाचारको पाँचवटा मुद्दामा दोषी ठहर गरिएको छ। यी मुद्दामा उनलाई २३ वर्षको जेल सजाय यसअघि नै सुनाइएको थियो ।

Logo