थाइल्यान्डमा एक सन्की सिरियल किलरको डरलाग्दो घटना सार्वजनिक भएको छ । उनले मात्र तीन घण्टामा २२ जना निर्दोष बालबालिकासहित ३६ जनाको हत्या गरेका थिए । हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।
हत्या गर्नुअघि उनको प्रेमिकासँग झगडा परेकाे बताइएको छ । उनले मारेका धेरै बालबालिका दुईदेखि पाँच वर्षका थिए।
सञ्चार माध्यमहरुका अनुसार हत्यारालाई चिन्नेहरूले उनीविरुद्ध लागूऔषध सेवन गरेको अभियोगमा मुद्दा चलिरहेको बताएका छन् । घटनाको भोलिपल्ट यस विषयमा निर्णय आउन लागेको थियो । यही कारण उनकी प्रेमिकाले उनलाई छोड्ने कुरा गरिरहेकी थिइन्, जसमा दुवैबीच झगडा भएको थियो । जानकारीका अनुसार उनलाई लागुऔषध सेवन गरेको आरोप लागेपछि प्रहरीको जागिरबाट पनि बर्खास्त गरिएको थियो जसका कारण उनी आर्थिक संकटमा परेका थिए ।
३६ जनाको हत्यालाई थाइल्याण्डको सबैभन्दा ठूलो नरसंहार मानिएको छ । यता, प्रेमिकासँग झगडा गरेर मात्रै उनले यति ठूलो घटना गराएको दाबीलाई प्रहरीले मानिरहेको छैन ।





























प्रतिक्रिया