आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालयले भुसाललाई सो चिन्ह प्रदान गरेको हो ।
एमालेले टिकट नदिएपछि भुसालले रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने भएको छ ।
सो क्षेत्रमा यसअघिको निर्वाचनमा भुसाल नै विजयी भएका थिए । तर, एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँगको तालमेलमा सो क्षेत्र छाड्ने भएपछि भुसालले टिकट नपाएका हुन् । राप्रपाले सो क्षेत्रबाट दीपक बोहोरालाई उम्मेदवार बनाइसकेको छ ।































प्रतिक्रिया