बारामा आफ्नै श्रीमती र छोराछोरीको हत्या आरोपमा श्रीमान् पक्राउ

बारामा आफ्नै श्रीमती र छोराछोरीको हत्या आरोपमा श्रीमान् पक्राउ

केन्द्रबिन्दु
0
Shares

बारामा एकै परिवारका तीन जनाको शव भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार प्रसौनी गाउँपालिका -५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरी मृत अवस्थामा फेला परेका हुन् । खोला किनारमा भेटिएका मृतक तीनै जनाको घाँटीमा हतियारको चोट देखिएको छ । 

हाल घटनामा संलग्न रहेको आशंकामा सुजाताका श्रीमान दिपेन्द्र चौधरीलाई नियन्त्रणमा लिइएको बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । प्रहरीले दीपेन्द्रलाई घाइते अवस्थामा फेला पारेको छ ।  उनलाई उपचारका लागि वीरगन्जस्थित एलएस न्युरो लगिएको छ । हत्या गरी भाग्ने क्रममा उनी घाइते भएको हुनसक्ने प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

Skip This
Skip This
Logo