चितवन -३ मा कांग्रेसका बागी उम्मेदवार कोइरालाको चुनाव चिन्ह माछा

चितवन -३ मा कांग्रेसका बागी उम्मेदवार कोइरालाको चुनाव चिन्ह माछा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले चुनाव चिन्ह माछा पाएका छन् । निर्वाचन कार्यालयले बुधबार कोइरालालाई चुनाव चिन्ह माछा दिएको हो । 

उनले चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । चितवन ३ मा नेकपा एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी हटाएर एमालेले कोइरालालाई समर्थन गरेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा एमाले अध्यक्ष केपी ओलीले पत्र पठाएपछि उम्मेदवार न्यौपानेको नाम सूचीबाट हटाइएको हो । सोही क्षेत्रमा सत्ता गठबन्धनमा नेकपा माओवादी केन्द्रले भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

Skip This
Skip This
Logo