सिंजाका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग

सिंजाका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग

केन्द्रबिन्दु
0
Shares

सिंजा क्षेत्रका तीन गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषण गर्न माग गरिएको छ । बाढी र पहिरोबाट सबैभन्दा बढी क्षति पुगेकाे हिमा, सिंजा  र कनकासुन्दरी गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकार समक्ष स्थानीयले माग गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जनधनको अत्याधिक क्षति भएकाले संघीय सरकारलाई राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्नवान गरेकाे प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए ।

उनले भने, 'जिल्ला विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन ०७४ को दफा ३२ को (१) बमोजिम जुम्लाका कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका, तातोपानी गाउँपालिकाको वडा नम्बर १, ३, ४, ६, ७ र ८, तिला गाउँपालिका वडा नम्बर १, २, ३, ४ ६  र ७, गुठीचौर गाउँपालिकाको १ र २ र पातारासीको ३ नम्बर वडालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस गरिएकाे छ ।'

बाढी पहिरोले जुम्लामा एक हजार ६ सय ७५ जना विस्थापित भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी प्रमिला रिजालका अनुसार तीन सय १६ घर पूर्ण क्षति, चार सय ४० घर उच्चजोखिम, सात सय २६ घरमा आंशिक क्षति भएका छन् । जुम्लामा १० भन्दा बाढीकाे पहिरोमा परी मृत्यु भएको र एक बेपता छन् ।  

जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा क्षति भएको र क्षतिको पूर्ण विवरण आउन बाँकी छ । १९ असाेजदेखि परेको अविरल वर्षा र बाढीले अहिलेसम्म कर्णाली राजमार्ग अवरुद्ध छ । 

जिल्लाको सबै शक्ति प्रयोग गरेर सडक सूचारु गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । ठाउँठाउँमा पहिरो गएकाले अवरुद्ध भएको र सफाइ भइरहेको स्थानीय तहहरुले जनाएका छन् ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले सिंजा गाउँपालिकाको कार्यालय, प्रहरी चौकी समेत डुवानमा परेको बताए । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको बुअ, बड्की, मोफ्ला र खलढुंगा लगायतका गाउँमा बढीपहिरो आएर विस्थापित भएको पनि जानकारी दिए  ।  

Skip This
Skip This
Logo