आज २ सयले घट्यो सुनको मूल्य

आज २ सयले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको अन्तिम दिन आज पनि नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । अघिल्ला दुई दिन घटेको मूल्य मंगलबारदेखि भने बढेको थियो ।

सुन आज २ सयले बढेको छ । आइतबार ७ सयले घटेको थियो । सोमबार २ सयले घटेको थियो । यस्तै मंगलबार ४ सयले बढेको सुन बुधबार ५ सयले बढेको थियो । विहिबार सुनको मूल्य ६ सयले बढेको थियो ।

गत हप्ता आइतबार सुन २ हजार ३ सयले घटेको थियो । सोमबार ८ सयले घटेको थियो । सुन मंगलबार भने ६ सयले बढेको थियो । यस्तै बुधबार १ सयले बढेको सुन विहिबार ८ सयले घटेको थियो । शुक्रबार सुन आज ४ सयले बढेको थियो ।

आज सुन प्रतितोला ९२ हजार ९ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर १ हजार २६० मा कारोबार भइरहेको छ ।

Logo