प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई गरे बर्खास्त

प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई गरे बर्खास्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । 

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा जसपाले सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग तालमेल गरेपछि प्रधानमन्त्री देउवाले जसपाबाट सरकारमा रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातवरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गरेका हुन् । 

साथै प्रधानमन्त्री देउवाले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई दिएका छन् । २०७८ चैत २४ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका गैरसांसद गोविन्दप्रसाद शर्मा कोइरालाले ६ महिनाभित्र संसदको सदस्यता लिन नसकेर सरकारबाट बिदा भएपछि सो स्थान रिक्त रहेको थियाे । 

राष्ट्रपति कार्यालयको विज्ञप्ति-

Skip This
Skip This
Logo