३९ बर्ष पछि पोखरामा राष्ट्रिय खेलकुदः ६ हजार बढी खेलाडी सहभागी हुने

३९ बर्ष पछि पोखरामा राष्ट्रिय खेलकुदः ६ हजार बढी खेलाडी सहभागी हुने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय खेलकुद सुरु भएको ३९ बर्ष पछि दोस्रो पटक पोखरामा नवौं राष्ट्रिय खेलकुलको आयोजना हुदैँछ  ।

२०४० सालमा दोस्रो संस्करणको आयोजना भएको पोखरामा यसपटक नवौं राष्ट्रिय खेलकुदको भब्य उदघाटन हुदैँछ ।  कोरोना महामारीका कारण ३ बर्ष पछि हुन लागेको नवौं राष्ट्रिय खेलकुदको उदघाटन उपराष्ट्रपति नन्दकिशोर पुनले आज उदघाटन गर्र्दैछन । २०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भएपनि हुन सकेको थिएन । 

। देशैभरीका खेलाडी र प्रशिक्षक पोखरा आईपुगेका छन भने उदघाटनमा सातौं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्ज्वलन गर्नेछन् । आजवाट औपचारिक रुपमा सुरु हुने खेलमा ६ हजार १ सय ५७ खेलाडीले भाग लिने छन भने ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशष्त्र प्रहरीसहित तीन बिभागीय टोली र एनआएन गरी १९ टोलीले सो प्रतियोगितमा भाग लिनेछन् । 

गण्डकीका मनाङ, मुस्ताङ र लम्जुङबाहेक अन्य जिल्लामा प्रतियोगिता आयोजना हुनेछन भने ३६ वटा खेल मध्ये २६ खेल पोखरामा सञ्चालन हुने  राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए । 

Skip This
Skip This
Logo