वीरगन्ज ।
पर्सामा आज एकै दिन १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगन्जको नारायणी अस्पताल प्रयोगशाला र काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।
आज संक्रमित मध्ये वीरगंजको बयोधा अस्पतालका मात्र ६ डाक्टर, ११ नर्स, १२ जना कर्मचारीसहित ३० जना संक्रमित देखिएका छन् ।
नयाँ १५३ जना संक्रमित थपिए पछि अब पर्सा जिल्लामा कोरोना संक्रमितको कूल संख्या १ हजार ४ सय ७४ पुगेको छ । साउन महिनामा मात्रै पर्सामा १ हजार ३ सय १७ जनामा संक्रमण पुष्टि भएको छ । यहाँ २३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
पछिल्लो समय पर्साको वीरगंज कोरोना संक्रमणको केन्द्र जस्तै बनेपछि यहाँ जोखिम उच्च रहेको छ ।































प्रतिक्रिया