नेपालमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ ।
प्रभाव कमजोर हुँदा अब भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो वर्ष औसत मिति १३ जुनभन्दा अगावै भित्रिएको मनसुन औसत समयभन्दा पछिसम्म नै सक्रिय बनेको छ । अब एक दुई दिनमा मनसुन बाहिरिने देखिएको विभागका मौसमविद् हिरा भट्टराईले जानकारी दिए ।
उनका अनुसार शनिबार बिहान देशका पश्चिमी भू–भागमा बादल छाएको छ भने अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक दुइ स्थानमा हल्का पानी पर्नसक्ने मौसमविद् भट्टराइले बताए । उनका अनुसार पछिल्लो १२ घण्टामा देशका कुनै पनि भू–भागमा पानी परेको छैन । राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।





























प्रतिक्रिया