नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब एउटा प्रदेश मात्रै बाँकी

नेपालबाट मनसुन बाहिरिन थाल्यो, अब एउटा प्रदेश मात्रै बाँकी

केन्द्रबिन्दु
0
Shares

नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ ।    

२२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू-भागबाट मनसुन प्रवेश गरेको थियो । यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको छ । 

नेपालको बाँकी भू-भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ । सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

Logo