प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्री देउवाद्वारा वाङ्मय शताब्दी पुरुषको निधनप्रति दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान निधन भएको हो । प्रधानन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनको खबरले निकै दुःखी तुल्याएको उल्लेख गर्दै उनको आत्माको चीर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट ग्ेका छन् ।

प्रधानमन्त्री देउवाले जोशीले नेपाली संस्कृतिको क्षेत्रमा गरेको योगदान राज्यले सधैँ सम्झिरहने उल्लेख गरेका छन् । पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित उनि पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भई सो मेडिकल कलेजमा यही असोज ७ गते भर्ना भई उपचाररत थिए। शताब्दी पुरुषको आज बिहान ७ः०९ बजे निधन भएको उनको उपचारमा संलग्न डा.सुरज बज्राचार्यले जानकारी दिए । अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो ।

Skip This
Skip This
Logo