काठमाडौं महानगरः सञ्चालनमा रहेका व्यवसाय दर्ता गर्न ३० दिनको समय

काठमाडौं महानगरः सञ्चालनमा रहेका व्यवसाय दर्ता गर्न ३० दिनको समय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले व्यापार–व्यवसाय दर्ता गर्न आग्रह गरेको छ । 

सञ्चालनमा रहेका व्यवसाय नजिकको वडा कार्यालयमा गई ३० दिनभित्र दर्ता गर्न महानगरले आग्रह गरेको हो । संघ र प्रदेश सरकारबाट अनुमति लिएका व्यवसाय समेत महानगरपालिकामा दर्ता नगरी सञ्चालनमा रहेको पाइएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ । 

अनुगमनका क्रममा  दर्ता नगरी व्यापार(व्यवसाय गरेको पाए काठमाडौं महानगरपालिका राजस्व ऐन बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने चेतावनी दिइएको छ ।

Skip This
Skip This
Logo