देउवाकाे निर्देशन- ‘अब हँसिया हथौडा र कलम भन्ने नै छैन, जहाँ जुन छ त्यसमै भोट’

देउवाकाे निर्देशन- ‘अब हँसिया हथौडा र कलम भन्ने नै छैन, जहाँ जुन छ त्यसमै भोट’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई भोट हाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री देउवाले आफूले हँसिया हतौडामा भोट हालिसकेको र आगामी निर्वाचनमा पनि हाल्ने उल्लेख गर्दै काँग्रेसका नेता, कार्यकर्ताले पनि त्यसै गर्ने बताए । मंगलबार ललितपुरमा आयोजित सत्तारुढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले आगामी निर्वाचनमा सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याउने गरी मतदान गर्न पनि आम मतदातालाई आग्रह गरे । 

सत्तारुढ गठबन्धनले अत्याधिक बहुमत ल्याए मुलुकमा स्थायी शान्ति, स्थायी लोकतन्त्र र गणतन्त्रले पनि स्थायित्व पाउने उनको भनाई थियो ।  उनले भने, ‘अब हँसिया हथौडा, को रुख भन्ने नै छैन । कसलाई भन्ने नै छैन । त्यसकारण कलम भएको ठाउँमा कलमलाई नै भोट हाल्ने । हसिँया हथौडा भएको ठाउँमा हसिया हथौडालाई नै भोट हाल्ने । रुख भएको ठाउँमा रुखलाई नै भोट हाल्ने । यति भए पुगी हाल्यो नि । किन चाहियो अरु कुरा ? सबै दाजुभाई दिदीबहिनीहरुले यो गठबन्धनलाई प्रचुर मात्रामा बहुमत दिलाएर यो देशलाई अझ स्थायी रुपमा अगाडि बढाउनका लागि स्थायी शान्ति, स्थायी प्रजातन्त्र, स्थायी गणतन्त्रलाई अगाडि बढाउनका सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।’
 
प्रधानमन्त्री देउवाले सत्तारुढ दलका नेताहरुले सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद समेत दिए । उनले संसद दुई पटक भंग गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिच्ने काम गरेको तर आफूहरुले त्यसलाई जोगाएको पनि बताए ।  

उनले अगाडि भने, ‘अहिले चुनावको समय भएकाले मैले चुनावको बारेमा केही बोल्नुपर्ने आवश्यक्ता छ । अहिले नेपाल राष्ट्र एउटा चाँही ट्रान्जिक्सनमा छ भन्दा पनि हुन्छ । लोकतन्त्रलाई स्थायी राख्नुछ । ओलीजीले २ पटक भंग गरिदिनु भयो पार्लियामेन्ट । जनताले चुनेको संसद मनपरी ढंगले भंग गर्न थालेको हुनाले नै संविधान बनाउँदा खेरी कुनै पनि हालतमा भंग गर्न नपाउने संविधानमै व्यवस्था गरेका छौं । त्यसकारण यो यो अवस्थामा बाहेक संविधान भंग गर्न नै नपाईने व्यवस्था थियो । राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरिदिए हेर्नुस्न संसद । बिहानै गरे हुन्थ्यो । बिहान ६/७ बजेतिर गर्दा पनि हुन्थ्यो । त्यस्तो किसिमको एउटा लहडमा सदन भंग गर्न थालेपछि त हामीले यो संसद बचाउन आवश्यक थियो । अहिले ठिक टाईममा चुनाव हुँदैछ अव । चुनाव हुने मिति भर्खर हुँदैछ, उहाँले २ वर्ष अघि नै संसद भंग गरिदिनु भयो ।’

साथै उनले मुलुक विजुली बेचेर सम्पन्न बनाउने गरी भारतसँग विजुली खरिद सम्झाैता गर्न आफू नेतृत्वको गठबन्धन सरकार सफल भएको दावी समेत गरे । 

उनले भने, ‘अहिले नेपाल अत्यन्तै महत्वपूर्णं दिशामा छ । महत्वपूर्ण मोडमा छ । तपाईँहरुलाई थाहा छ–कत्रो कोभिडको अवस्था थियो नेपालमा । कोभिडले गर्दाखेरी धेरै मानिसहरुको मृत्यु भएको छ । अझै पनि अरुअरु भेरियन्ट आएर समस्या पारिरहेको छ । यहीँबीचका डेंगी भएर फेरी नेपालीहरुको मृत्यु समेत भईसकेको छ । एकातिर यस्तो छ यो देशमा । अर्कोतिर श्रीलंकाको हालतमा नेपाल हुन्छ भन्नेहरु थिए । श्रीलंकाको हालत होस् भन्ने चाहनेहरु पनि थिए । तर सबको सहयोगले सबैले राम्रो काम गर्नु भयो । त्यसले गर्दाखेरी आज श्रीलंका हुनबाट नेपाल बाँचेको छ । नेपाल असफल राष्ट्र हुनबाट बचेको छ । यस मानेमा नेपाल अझ धेरै अगाडि बढनेछ । त्यतिमात्रै होइन् नेपाल छिट्टै सम्पन्न देश बन्न सक्ने सम्भावना छ । हामीले हाम्रो देशको पानी, हामीले हिमालबाट बग्ने ठूल्ठूला नदीहरु दक्षिणतिर बग्छन । त्यसकारण भारतले किनेन भने हाम्रो विजुली बिक्दैन । चीनमा हामी विजुली बच्न सक्दैनौं । किन्ने देश भारत नै हो । त्यसकारण भारतले विजुली किन्ने सहमती गरेको छ । धेरै ठाउँमा विद्युत किन्ने भारतले जो सहमती गरेको छ । त्यसले नेपाल छिट्टै नै एउटा सम्पन्न राष्ट्रको दाँजोमा आउन सक्ने सम्भावना धेरै मात्रामा बढेको छ । यस मानेमा पनि नेपाल धेरै हिसावले अगाडि बढेको छ । अरु कुराहरु धेरै छैन ।’

Skip This
Skip This
Logo