विशेषगरी आधुनिक तथा रक गीतमा स्वर दिदै आएकी गायिका आस्था राउतले यसपाली हिन्दु नारीहरुको महान् पर्व हरितालीका तीजको अवसरमा मर्मस्पर्शी तीज गीत ‘फाट्यो नि माइतीको चिनो’ सार्वजनिक गरेकी छिन् ।
पछिल्लो समय तीज गीतको नाममा भित्रिरहेको विकृती-विसंगतीका बीच आस्थाले एक नारीको वेदना समेटिएको तीज गीत पस्किएकी हुन् ।
सुरेश अधिकारीको शब्द संगीत रहेको गीतको भिडियोमा दिया मास्के र मनोज जोशीलाई फिचरिङ गरिएको छ । गीतको एरेन्ज गोपाल रसाईली र मक्सिङ मास्टरिङ किशोर थापाले सम्हालेका छन् ।
ए-वन म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत आस्थाले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन् ।
गीतले दर्शकहरुबाट निकै राम्रो प्रतिक्रिया पाईरहेको छ ।































प्रतिक्रिया