ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चारजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

जिल्लाको मैवाखोला गाउँपालिका–१ तेल्लावुङबाट वडा नम्बर–५ काम्माङ जाँदै गरेको ५६५५ नम्बरको ट्याक्टर गएराति साढे १२ बजेतिर ताप्लिङ खोल्सामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

 मृत्यु हुनेमा वडा नम्बर–५ कामसाङका ३१ वर्षीय चालक पासाङ शेर्पा र उनका २४ वर्षीय भाइ फुर्वा शेर्पा रहेका छन् । त्यस्तै  वडा नम्बर–४ ओदकका २२ वर्षीया शर्मिला शेर्पा र १७ वर्षीया लाकी शेर्पाको पनि घटनास्थलमै मृत्यु भएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।

Logo