एथलेटिक्स : ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

एथलेटिक्स : ५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

केन्द्रबिन्दु
0
Shares

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रंगशालामा आज विहान भएको खेलमा  नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । सन्तोषीले निर्धारित दुरी १७ मिनेट ०५।२९ सेकेन्डमा पूरा गरिन् । सन्तोषीले १० हजार मिटरमा समेत स्वर्ण जितेकी थिइन् । आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपानेले कास्य जितिन् ।

४ सय मिटर हर्डल्समा आर्मीका रामप्रसाद थारुले स्वर्ण जितेका छन् । प्रतियोगिता अन्तरगत आज २६ खेल हुने तालिका छ । आज हुने खेलमा एथलेटिक्स पोखरा रंगशाला, ब्याडमिन्टन पोखरा रंगशालाको कभर्ड हल, टेनिस पोखरा रंगशाला, बक्सिङ पोखरा रंगशाला, पुरुष भलिबल पोखरा रंगशाला, महिला भलिबल म्याग्दी र सफ्ट टेनिस पोखरा रंगशाला हुनेछ ।

Skip This
Skip This
Logo