एपीएफका एक फुटबल खेलाडीमा कोरोना

एपीएफका एक फुटबल खेलाडीमा कोरोना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफका एक फुटबल खेलाडीमा कोरोना पुष्टि भएको छ । गत बर्ष एपीएफबाट शीर्ष डिभिजनको लिग खेलेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनको नाम भने गोप्य राखिएको छ ।

उनी कोरोनाको संक्रमण सुरु भएसँगै सर्लाहीको सीमा क्षेत्रमा ड्युटीमा गएका थिए । उनी केही दिन अघि मात्र काठमाडौं फर्किएका थिए । तराईबाट फर्किएका उनमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

विभागीय टिमले कोरोनाको प्रकोप बढ्दै गएपछि विभिन्न खेलमा आबद्ध खेलाडीलाई ड्युटीमा खटाएको थियो । ड्युटीको सिलसिलामा जिल्ला बाहिर गएका खेलाडी धमाधम काठमाडौं आउन थालेका छन् । धेरै खेलाडी बिरामी अवस्थामा छन् ।

शारीरिक रुपमा अस्वस्थ रहेका खेलाडीको तत्काल कोरोना परिक्षण हुन सकेको छैन । समयमै परिक्षण नहुँदा विभागीय टिमका खेलाडी त्रसित अवस्थामा छन् ।

पछिल्लो समय खेलकुद क्षेत्र कोरोनाबाट धेरै प्रभावित बन्न थालेको छ । आइतबार साँझ मात्र नेपाल ओलम्पिक कमिटीका दुई जनामा कोरोना पुष्टि भएको थियो ।

Skip This
Skip This
Logo