काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको तातोपानी आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प गएको हाे । यस भूकम्पको धक्का काठमाडौं उपत्यका आसपासका धादिङ, गोरखा, काभ्रेमा पनि महसुस भएको थियाे ।
हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।





























प्रतिक्रिया