पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ८३ जनाको नमुना परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ५० जना संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । 

नेपालमा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ । साथै हाल नेपालमा ७२८ जना सक्रिय कोरोना संक्रमित छन् । 

Logo