नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको ट्रिपल जम्पतर्फ स्वर्ण पदक त्रिभुवन आर्मी क्लबका डिल्ली खत्रीले जितेका छन् ।
बिहीबार बिहान पोखरा रंगशालामा १३ दशमलव ९५ मिटर जम्प गर्दै विभागीय टोलीलाई स्वर्ण दिलाए । नेपाल पुलिस क्लबका चन्द्रदेव जोशीले १३ दमलव ५५ मिटर जम्प गरेर रजत तथा बागमतीका सुदीप महतोले १३ दशमलव ४४ मिटर जम्प गर्दै कास्य जिते । महिला ट्रिपल जम्पमा एपीएफकी शीला चौधरीले स्वर्ण पदक जितेकी छन्।































प्रतिक्रिया