नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोन संवाद गर्ने भएका छन् ।
उनीसँग टेलिफोनमा कुरा गर्न १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका छन् । आफुसँग कुरा गर्न बिहीबार दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाएको उनले आफ्नो फेसबुक पेजमा जनाएका छन् । उत्साहपूर्ण सहभागिताका लागि उनले धन्यवाद समेत दिएका छन् । धेरै सहभागिता भएकाले बिहाीबार १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ ।
बिहीबार मध्याह्न १२ बजेसम्म आफ्नो विवरण पठाउन सकिने व्यवस्था सचिवालयले गरेको थियो । सचिवालयले छनोट गरेका व्यक्तिसँग ओलीले टेलिफोनमा कुरा गर्नेछन् । निर्वाचनलाई लक्षित गर्दै ओलीले नागरिसकसँग संवाद गर्न लागेका हुन् । ओलीले प्रधानमन्त्री शेर बहादुर देउवालाई समेत लाइव डिबेटका लागि चुनौती दिएका छन् ।





























प्रतिक्रिया