निर्वाचन आयोगले ४८ वटा स्पष्टीकरण मागेको मध्ये ३० वटाको मात्र जवाफ प्राप्त भएको जनाएको छ ।
आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले शुक्रबारसम्म ३० वटाको मात्र जवाफ आएको जानकारी दिएका हुन् । आयोगले शुक्रबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग २४ घण्टे स्पष्टीकरण मगेको छ। शर्माविरुद्व आगलागी पीडितलाई पैसा वितरण गरेको भन्दै उजुरी परेपछि आयोगले स्पष्टीकरण मागेको हो ।
झापा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शर्मालाई आयोगले आगलागी पीडित केवल निरौलाको घर निर्माणको लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको दुई लाख ५० हजार रुपैयाँ हस्तान्तरण गर्दै गरेको फोटो सार्वजनिक भएको थियो ।































प्रतिक्रिया